लोकसेवा आयोग योग्य जनशक्तिको जननी  « Khabarhub

लोकसेवा आयोग योग्य जनशक्तिको जननी 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताएका छन्। 

कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् र कर्मठ कर्मचारी जन्म दिने भएकाले यसको क्षमता विकास गर्नुपर्ने सुझाव दिए। संविधानले दिएको अधिकार र संघीयताको भावनाअनुरूप समावेशिताका आधारमा निजामती क्षेत्रमा चाहना भएका उम्मेदवारहरूले आयोगलाई ठूलो विश्वास गरेको उनले जनाए ।

 आयोगले छोटो समयमै धेरै उल्लेखनीय काम गरेर सेवा प्रवाह चुस्त र कामलाई सहज बनाउन विशेष योगदान पुर्‍याएको भन्दै प्रदेश प्रमुखले आयोगप्रति कृतज्ञता प्रकट गरे । दिवसमा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक संघीयताकार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै यसमा प्रभावकारिता आवश्यक भएको बताए । उनले भने, ‘शिक्षा प्रणाली एकातिर, कार्यसम्पादन अर्कोतिर भएकाले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्छन् ।’

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको बताए। ‘आयोगले प्रशासनिकभन्दा प्राविधिक कर्मचारी पूर्ति गर्नुपर्ने छ । सरकारले त्यसका लागि आवश्यक माग गर्छ’, उनले भने। उनले कर्मचारीको सेवा सुविधा थप गर्नुपर्नेमा समेत जोड दिए।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रदेश निजामती सेवा ऐन नबनेकाले स्थानीय तहमा कर्मचारी अभाव भएको बताए। कतै कर्मचारी धेरै भए भने कतै कर्मचारी  अभाव हुने गरी बनेको खाडल पूर्ति गर्न जतिसक्यो छिटो निजामती ऐन ल्याउन प्रदेश सरकारलाई सुझाए ।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विभिन्न अन्योलताका बीचबाट काम गर्न थाले पनि आयोगले छोटो समयमै सफल कार्यसम्पादन गरेको बताए। उनले दुई वर्षमा विभिन्न पदमा डेढ लाख आवेदनमध्ये आठ सय ६० जना योग्य उम्मेदवारलाई छनोट गरी स्थायी नियुक्ति गर्न सिफारिस गरिएको उनको भनाइ थियो । पछिल्लो समय निजामती आकर्षण बढ्दै जाँदा आयोगलाई जिम्मेवारी र चुनौती दुवै थपिएको अध्यक्ष उपाध्यायले बताए । 

प्रदेश लोकसेवा आयोगका सचिव नारायणप्रसाद भट्टराईले दुई वर्षमा पाँचौँ तहमा चार सय ७६ जना र चौथो तहमा तीन सय ८४ जना नियुक्त भएको जानकारी दिए । आयोगको सक्रियताले रिक्त दरबन्दी पूर्ति भइ सेवा तथा विकास निर्माण सञ्चालनमा सहयोग पुगेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : १० बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय