काठमाडौँ- भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याएको छ । दक्षिण अफ्रिकाबाट भारतले पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा ल्याएको हो । ती चितुवालाई मध्य प्रदेश राज्यस्थित ग्वालियरमा राखिएको छ ।
भारतीय वायुसेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरबाट उडेको भरेको थियो । जोहानेसबर्गबाट १० घण्टाको उडानपछि ती चितुवालाई ग्वालियर सहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।
पाँच महिनाअघि पनि भारतले अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याएर राष्ट्रिय निकुञ्जमा छाडेको थियो ।
योसँगै भारतमा अफ्रिकी चितुवाको कुल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा भारतबाट चितुवा लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरु गरिएको हो ।
प्रतिक्रिया