शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान | Khabarhub Khabarhub

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्मा, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ ।

आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ । 

यसैबीच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूल समारोहमा पुर्‍याइएको थियो ।

उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो । जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो ।

आध्यात्मिक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रह्मकुमारी राजयोग कृतिले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ४२ बजे

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि 

भक्तपुर – आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको

लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले

शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा

काठमाडौं– नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा

चिसो बढेपछि कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत– चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको

निद्रामा झस्किने समस्या किन हुन्छ ?

काठमाडौं– निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला ।