‘नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार’  « Khabarhub

‘नेपाली सेनाको गौरवपूर्ण विगत मुलुकको वैश्विक चिनारीको आधार’ 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको चिनारीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास महत्वपूर्ण रहेको बताएका छन् ।

महाशिवरात्री तथा नेपाली सेनाको २६०औँ स्थापना दिवसका अवसरमा आज मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा आयोजित समारोहलाई सम्बोधन गर्दै मिश्रले संसारभरि नै नेपाली सेनाको बहादुरी, निष्ठा र कर्तव्यपरायणता प्रसिद्ध रहेको उल्लेख गरे ।

‘नेपाल भनेपछि वीर गोर्खाको देश भन्ने परिचय विश्वमाझ बनेको छ’, प्रदेश प्रमुख मिश्रले भने, ‘यो युद्ध कौशल र बहादुरीले मात्र नभई समर्पण र इमानले बनेको परिचय हो ।’ नेपाली सेनाले कमाएको यो इज्जत र शानले विश्वको कुनै कुनामा हुँदा रहँदा पनि नेपाली हुनुको गौरववोध हुने मिश्रको भनाइ छ ।

संसारका विभिन्न देशको सैन्य सेवामा समर्पण, इमान र बहादुरीको परिचयले नेपालीले प्रवेश पाउने गरेका मिश्रले बताए। युद्धमा मात्र नभएर संसारका विभिन्न युद्धरत पक्षबीच शान्तिका लागि पनि नेपाली सेनाले अझैसम्म महत्वपूर्ण योगदान दिइरहेका उनले उल्लेख गरे। नेपाली सेनालाई वर्तमान समय सन्दर्भमा अझ व्यावसायिक र साधन सम्पन्न बन्न आवश्यक रहेको मिश्रको थप भनाइ छ ।

समारोहमा मध्यपूर्वी प्रितनापति नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जिम्मेवारीका विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका सैन्य अधिकारीलाई प्रधान सेनापतिका तर्फबाट सैन्य विभूषण प्रदान गरे । समारोहमा सेनाका कलाकारले विभिन्न भाषा, संस्कृतिका मनोरञ्जनात्मक साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ४१ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको