कलाकार दम्पतीको चित्रकला यही चैत ९ गतेसम्म प्रदर्शनीमा | Khabarhub Khabarhub

कलाकार दम्पतीको चित्रकला यही चैत ९ गतेसम्म प्रदर्शनीमा


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।

कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।

इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।

यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ ।

इशानको अर्को चित्रमा काष्ठमण्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ ।

त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढी उडिरहेको अवस्थामा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ३० बजे

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडौं– नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाणमा

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको

शेयरबजार नेप्से असोज २ सम्म बन्द हुने

काठमाडौँ – नेपालको एकमात्र शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) असोज

ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति

ओस्लो- आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको