पत्रकार महासङ्घ तनहुँ शाखाद्वारा पुरस्कार घोषणा | Khabarhub Khabarhub

पत्रकार महासङ्घ तनहुँ शाखाद्वारा पुरस्कार घोषणा


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो ।

शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले बताए । शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

शाखाले टीकानिधि ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । स्व भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

चिरणहरि पत्रकारिता पुरस्कार पत्रकार सानेबहादुर नेपालीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

त्यस्तै भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

सबै पुरस्कार शाखाको स्थापना दिवसको अवसरमा चैत १६ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । बैठकले तनहुँबाट निर्वाचित प्रतिनिधिसभासदस्य रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ४८ बजे

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको

जापानमा शतायुको सङ्ख्या झण्डै एक लाख, ९० प्रतिशत महिला

टोकियो- जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर पुगेका व्यक्तिहरूको

शेयरबजार नेप्से असोज २ सम्म बन्द हुने

काठमाडौँ – नेपालको एकमात्र शेयरबजार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) असोज

ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति

ओस्लो- आगामी नोबेल शान्ति पुरस्कार घोषणाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको