पत्रकार महासङ्घ तनहुँ शाखाद्वारा पुरस्कार घोषणा « Khabarhub

पत्रकार महासङ्घ तनहुँ शाखाद्वारा पुरस्कार घोषणा


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो ।

शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले बताए । शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

शाखाले टीकानिधि ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । स्व भवानी खनाल पत्रकारिता पुरस्कार शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

चिरणहरि पत्रकारिता पुरस्कार पत्रकार सानेबहादुर नेपालीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

त्यस्तै भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ । पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार पत्रकार पवन पौडेललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

सबै पुरस्कार शाखाको स्थापना दिवसको अवसरमा चैत १६ गते आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । बैठकले तनहुँबाट निर्वाचित प्रतिनिधिसभासदस्य रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ४८ बजे

पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माण : किसानलाई राहत

भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका