'बर्दिबास चौथो महोत्सव' १३ चैत्रसम्म चल्ने | Khabarhub Khabarhub

‘बर्दिबास चौथो महोत्सव’ १३ चैत्रसम्म चल्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महोत्तरी  – महोत्तरीको बर्दिबासमा ‘चौथो बर्दिबास महोत्सव’ सुरु भएको छ ।

‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उद्घाटन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्दै बर्दिबासको विशिष्ट पहिचानलाई महोत्सवले चिनाउन भूमिका खेल्ने बताए ।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको महोत्सव १३ चैत्रसम्म चल्नेछ ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले कोरोना पछि लयमा फर्कन नसकेको व्यापार, व्यवसायलाई महोत्सवले लयमा फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरिका विभिन्न पर्यटकीय क्षेत्रहरूको फोटो र भिडियो प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४२ बजे

सत्तापक्ष र प्रतिपक्ष राखेर सहमतिको प्रयासमा प्रधानमन्त्री 

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको

परशुराम साहित्य महोत्सव सम्पन्न

डडेलधुरा– परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव

कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर

फाइल फोटो । काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि

भारतमा लोकसभा चुनाव – हालसम्म ५० करोड ७२ लाखले गरे मतदान

एजेन्सी – भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

लुम्बिनी – रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थित तिनाउ नदीमा डुबेर