‘बर्दिबास चौथो महोत्सव’ १३ चैत्रसम्म चल्ने « Khabarhub

‘बर्दिबास चौथो महोत्सव’ १३ चैत्रसम्म चल्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महोत्तरी  – महोत्तरीको बर्दिबासमा ‘चौथो बर्दिबास महोत्सव’ सुरु भएको छ ।

‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उद्घाटन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्दै बर्दिबासको विशिष्ट पहिचानलाई महोत्सवले चिनाउन भूमिका खेल्ने बताए ।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको महोत्सव १३ चैत्रसम्म चल्नेछ ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले कोरोना पछि लयमा फर्कन नसकेको व्यापार, व्यवसायलाई महोत्सवले लयमा फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरिका विभिन्न पर्यटकीय क्षेत्रहरूको फोटो र भिडियो प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४२ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट