‘बर्दिबास चौथो महोत्सव’ १३ चैत्रसम्म चल्ने « Khabarhub

‘बर्दिबास चौथो महोत्सव’ १३ चैत्रसम्म चल्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महोत्तरी  – महोत्तरीको बर्दिबासमा ‘चौथो बर्दिबास महोत्सव’ सुरु भएको छ ।

‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उद्घाटन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्दै बर्दिबासको विशिष्ट पहिचानलाई महोत्सवले चिनाउन भूमिका खेल्ने बताए ।

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको महोत्सव १३ चैत्रसम्म चल्नेछ ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले कोरोना पछि लयमा फर्कन नसकेको व्यापार, व्यवसायलाई महोत्सवले लयमा फर्काउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरिका विभिन्न पर्यटकीय क्षेत्रहरूको फोटो र भिडियो प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने