साहित्य : विनय सरको मोटरसाइकल « Khabarhub

साहित्य : विनय सरको मोटरसाइकल


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

साइकल जस्तै देखिन्छ- पाइडल छैन, बस्न मिल्छ –सोफा हैन, हर्न बज्छ-गाडी हैन, के हो ? भनेर कसैले प्रश्न गरिहाल्यो भने, यसको सही जवाफ हुनेछ-‘विनय सरको मोटरसाइकल’ ।

नयाँ जोगीले धेरै खरानी घसेको जस्तै, नयाँ कर्मचारी समयमै आफिस जान्छ । नयाँ कर्मचारीले हाकीमलाई दिनमा ३ चोटि नमस्ते गर्छ । र नयाँ कर्मचारीले चिनी नहालेको, च्यापती बढी हालेको कालो टर्रो च्याँ खुब मीठो मान्छ । म चाहिँ अलि ढिलो, आफ्नो नयाँ साइकल पार्किङमा राखेर अफिस छिर्दै थिएँ, झ्वाट्ट आँखा पर्‍यो विनय सरको मोटर साइकलमा।

साइकलमा दुई पट्टि ऐना जोडेर, एउटा इन्जिन अड्काइदियो र पिँप् गर्ने हर्न थपिदियो भने, झन्डै झन्डै यो मोटरसाइकलको जस्तो आकृति कस्सो नआउँदो हो । भनौँ भने के भनौँ सानो भएर ठूलोको खिसी गरेको भन्लान्, यो मोटरसाइकल आफ्नो त दाइ पो रैछ। मैले नदेखेका गल्लिहरु यो मोटरसाइकल पुगेको छ । मैले नाम पनि नसुनेका चोकहरूमा बडो आवाज गरेर सरले सानसँग यसको कान कयौँपटक बटार्नु भयो होला । 

कस्ता कस्ता बाटाहरूमा गुडेहोलान् यसका पाङ्ग्राहरू । हाम्रा सरलाई जिन्दगीको बाटोमा हिँड्न अर्जुनलाई कृष्ण सारथि जस्तै सारथि बन्यो होला र त हाम्रो सर यस्ता विद्वान बनेका । कति उकालो चड्यो होला । कति ओरालोमा सललल बग्यो होला । कहिले फूल पसल पुग्यो होला । कहिले भट्टी पुग्यो होला । अस्पतालमा हाम्रा सर कुरुवा बस्दा, सरको पनि कुरुवा बस्यो होला ।

कत्ती पटक कसैले के छ? भनेर सोध्दा हर्नले ठिक छ भनेर जवाफ फर्कायो होला । कति पटक कसैलाई के छ? भनेर पनि हर्नले नै सोध्यो होला । कहिले रोक्दा रोक्दै रोकिएन होला । कहिले नरोक्दा नरोक्दै थचक्कै बस्यो होला । हिजोका श्री ५ हिँडेका बाटामा पनि हिँड्यो । आजका महामहिमहरूको सवारीमा जाम पनि बसेको हुँदो हो । हिजोका कमरेडहरूको दिमाग खल्बल्याउने भाषण पनि सुन्यो । 

आजका धनाड्यहरुको घरको गेट भित्र पनि पुग्यो । हाम्रा सरका र सर जस्तै सरहरूका जवानी पनि देख्यो । ‘बाटाका कति खाल्डाहरू आफैँ छलिन्छन् आफ्नो बाटो फेर्नु भएन ।’ यस्ता ज्ञान सरलाई उ बेलैमा दियो होला र त हाम्रो सर यस्तो ज्ञानी बनेका । 

यो मोटर साइकलले मैले भन्दा धेरै वसन्तहरु देखेको छ । मान्छेका तेजिला आँखाहरुमा चस्मा परेको जस्तै, कालो कपाल फुलेर सेतो भएको जस्तै, मोटरसाइकलको रङ्ग पनि स्याउ-रातो बाट सुन्तला -रातो भैसकेछ । म यस्तै यस्तै कुरा दिमागमा दौडाउँदै एक कप कालो चिया हातमा लिएर पहिलो पटक सुरुप्प पार्न खोज्दै थिएँ । ठ्याक्कै विनय सरले फोन गरेर पहिलो वाक्यमा भन्नुभयो -आइपुग्ने बेला भएन? 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १२ : ३३ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने