सिक्टाको पानी नियमित नहुँदा बाँकेका किसान निराश « Khabarhub

सिक्टाको पानी नियमित नहुँदा बाँकेका किसान निराश


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा- सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा बाँकेका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका-१५ पर्सेनीपुरका किसानले यस वर्ष खेती गर्न पाएनन् । 

घर नजिकैको किरण नालामा सिक्टाको पानी आउन थालेपछि विगतका वर्षमा चैते धानखेती गरे पनि यस वर्ष पानी नियमित हुन नसक्दा खेती नगरिएको स्थानीय कृषक ज्ञानबहादुर नेपालले बताए । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टाको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई सिकाइ हुने भन्दै चैते धानको खेती गरेका थिए । 

‘पानीको भरोसा भएन, कहिलेकाहीँ छाड्ने पानीमा भर पर्न सकिएन’, कृषक नेपालले भने, ‘विगतमा चैते धान लगाउन सकिन्छ भनेर यहाँका किसानलाई जानकारी गराइयो, यस वर्ष नहरमा नियमित पानी नआएपछि धानखेती गर्न सकिएन ।’ सिक्टाको पानी नियमित हुँदा किसानले एकवर्षमै सुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धानखेती गरी तीन बाली स्याहार्ने गरेका थिए । नहरमा पानी नियमित हुँदा खेती किसानी गर्दै आएका किसान निराश हुन पुगेको कोहलपुर-१५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले बताए । 

सिक्टा सिँचाइ आयोजनाले चैते धान रोपाइँलाई ध्यानमा राखी विगतमा पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिञ्चित हुँदै आएको थियो । नहर सञ्चालन कार्यतालिका अनुसार पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडिएको आयोजनाका सूचना अधिकृत विशाल यादवले बताए । उनका अनुसार कार्यतालिका अनुसार हिउँदे बालीका लागि फागुन १६ गतेदेखि १० दिन पानी छाडिएको छ । उनका अनुसार मूल नहरमा भत्केको प्यानल बनाउने, सफा गर्ने लगायतको काम भइरहेकाले नियमितरूपमा पानी सञ्चालन हुन सकेको छैन । 

सिक्टा सिँचाइ आयोजना नेपाल सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण सुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको मूल नहर सँगसँगै शाखा र उपशाखा नहर निर्माणको काम अझै सकिएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १ : १६ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई