अफगानिस्तानमा मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेको पाइन्छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ५१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले