उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्छु : सभामुख घिमिरे « Khabarhub

उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्छु : सभामुख घिमिरे


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । 

ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरूलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन् । उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । 

उनले नाफासँग समाजप्रतिको उत्तरदायी बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताए । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।

कार्यक्रमका बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ३ : ३७ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले