‘कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने टुंगो छैन’  « Khabarhub

‘कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने टुंगो छैन’ 


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तिलोत्तमा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुंगो लागिनसकेको बताएका छन् । 

बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो ।  

सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा  फरक लिंग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए । भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको केसीले उल्लेख गरे ।

अहिलेको मुख्य लडाइँ भनेको मुलुकमा गरिबी रहेको उनले बताए। अहिलेको समस्या गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकाले त्यसका विरुद्ध लड्ने काम सबैको हुनुपर्ने नेता केसीले बताए। उनले भने, ‘देश एक प्रकारको सहमतिमा गएको अवस्थामा अबको मुख्य समस्या गरिबी नै हो ।’

उनले देशमा देखिएको गरिबी निवारण, बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधान गर्न सरकारको ध्यान तत्काल जानुपर्ने बताए। दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नु राम्रो नभएको उल्लेख गर्दै नेता केसीले यसको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ४ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह