राष्ट्रपति पौडेलद्वारा जीवित देवी कुमारीको दर्शन « Khabarhub

राष्ट्रपति पौडेलद्वारा जीवित देवी कुमारीको दर्शन


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए । यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । 

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ५ : ३३ बजे

ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका

क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको

गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन

उज्यालो नेपाल पार्टीको घोषणा सभा (तस्बिरहरू)

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक