जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध : मन्त्री खान « Khabarhub

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध : मन्त्री खान


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

राँझा– खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् । जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गरे ।

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक भएको संविधानमै व्यवस्था छ’, उनले भने, ‘यो जनताको मौलिक हक भएकाले म यसका लागि अनवरतरूपमा काम गर्दैछु ।’ खानेपानी मन्त्रालयअन्तर्गतका निकायले राजनीतिकरण नगरी जनतालाई सहज तरिकाले घर-घरमा स्वच्छ खानेपानी पुर्‍याउने कार्यमा दत्तचित्त भएर लाग्न मन्त्री खानले निर्देशनसमेत दिए ।

नेपालका खोलानालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गरेर देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने उनको भनाइ छ । ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले उल्लेख गरे ।

“हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौँ भने हाम्रो देशको हितमा धेरै ठूलो योगदान हुनसक्छ”, मन्त्री खानले भने ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ५ : ५६ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की