अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट | Khabarhub Khabarhub

अटिजमबारे जनचेतना बढाउन टुँडिखेलमा १९७४ एडीको कन्सर्ट


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिएको छ ।अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गरेको हो ।

अष्ट्रेलिया सरकारले अपाङ्ग समावेशी विकासलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न यो सांगीतिक कार्यक्रम ऐतिहासिक हुने नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले विश्वास लिएकी छिन् ।

१९७४ एडी ब्याण्डले अटिजम सचेतनाको महत्वपूर्ण विषयसँग जोडिएर सांगीतिक प्रस्तुति दिन पाउँदा खुसी लागेको बताएको छ । ‘अटिजमले बोलिरहेको छ र हामीले सुन्ने समय भएको छ,’ ब्याण्डले भनेको छ ।

अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : १७ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदी अरबको भ्रमणमा 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा