‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख युवा सेनामा भर्ती भएको उत्तर कोरियाली दाबी | Khabarhub Khabarhub

‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न आठ लाख युवा सेनामा भर्ती भएको उत्तर कोरियाली दाबी


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले शनिबार आठ लाखभन्दा बढी युवाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध लड्न सेनामा सामेल हुन स्वेच्छाले भाग लिएको उल्लेख गरेको छ ।

उत्तर कोरियाको हतियार परीक्षण र बढ्दो आणविक धम्कीपछि दक्षिण कोरिया र अमेरिकाले सुरक्षा सहयोग बढाएका छन् । दुई मुलुकबीच यसै साता पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

उत्तर कोरियाले यस्ता सबै अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्दै आएको छ । यसको जवाफमा उत्तर कोरियाले ‘भारी’ कदम चाल्ने चेतावनी बारम्बार दिँदै आएको छ ।

कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएले उत्तर कोरियाली अधिकारीलाई उद्धृत गर्दै जारी सैन्य अभ्यासलाई ‘आणविक युद्ध भड्काउने’ अमेरिकी प्रयासको रूपमा व्याख्या गरेको छ । उत्तर कोरियाले यसको जवाफमा लाखौं मानिसहरू भर्ती भएको जनाएको छ ।

केसीएनएले भनेको छ, “युवा स्वयंसेवकहरू ‘निर्दयतापूर्वक युद्ध उन्मादलाई सफाया गर्न’ कटिबद्ध छन् । त्यसैले उनीहरू ‘देशको रक्षा’ गर्न सेनामा सामेल भएका छन् ।’’

“शुक्रबार मात्रै देशभरका आठ लाखभन्दा बढी युवा लिगका पदाधिकारी र विद्यार्थीले कोरियाली जनसेनामा सामेल हुन र पुनः सेनामा सामेल हुन स्वेच्छाले भाग लिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

उत्तर कोरियाली अखबार रोडोङ सिनमुनले सार्वजनिक गरेको तस्बिरमा युवाहरू निर्माणस्थलजस्तो देखिने ठाउँमा आफ्नो नाम हस्ताक्षर गर्न लामो लाइनमा कुरेर बसेको देखिन्छ ।

प्योङयाङले बिहीबार आफ्नो सबैभन्दा ठूलो र शक्तिशाली क्षेप्यास्त्र ह्वासोङ–१७ को परीक्षण गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियास्वरुप यो प्रक्षेपण गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार केसीएनएले जारी अभ्यास ‘अक्षम्य रातो रेखाको नजिक पुगेको’ बताएको छ ।

गत वर्ष उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले हालै सामरिक आणविक हतियारसहित हतियार उत्पादनमा ‘तीव्र’ वृद्धि गर्न आह्वान गरेका थिए ।

किमले यसै महिनाको सुरुमा उत्तर कोरियाली सेनालाई ‘वास्तविक युद्ध’को तयारीका लागि सैन्य अभ्यास तीव्र पार्न पनि आदेश दिएका थिए ।

सियोलस्थित ‘युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिज’का प्रमुख याङ मु जिनले एएफपीसँग भने, “प्योङयाङले आफ्नो आणविक अस्त्र कार्यक्रमलाई ‘महत्वपूर्ण र आवश्यक’ साबित गर्न यो अभ्यासको प्रयोग गरिरहेको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच भएको सैन्य अभ्यासले उत्तर कोरियाको वर्तमान शासनलाई ध्वस्त पार्ने र राजधानी प्योङयाङमाथि कब्जा जमाउने उद्देश्य राखेको धारणा फैलाएको याङले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ४१ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती