विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु « Khabarhub

विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । 

मन्ठापोखरी परिसरमा निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । रछ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिलान्यास गरेका हुन् ।

 चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीन योजना सुरु भइसकेको प्रमुख कोइरालाको भनाइ थियो । ‘मैले चुनावताका गरेका वाचा क्रमशः पूरा गर्दैछु’, प्रमुख कोइरालाले भने, ‘प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मन्ठापोखरीको पनि काम सुरु भएको छ ।’

महानगरले चालु आवका लागि विराटराजा, रानीपोखरी र मन्ठापोखरीका लागि रु तीन करोड विनियोजन गरेको थियो । प्रमुख कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएको जनाइएको छ । वडा नं १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताए। उनीहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । 

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक सञ्जयकुमार यादवको भनाइ छ । “मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौँ”, यादवले बताए । 

कला विल्डर्सले छ करोड १९ लाख ८६ हजार ठेक्का सम्झौता गरेको छ । मन्ठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । रु पाँच करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ५० बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल