भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन | Khabarhub Khabarhub

भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी रक्षा प्रशासन पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ ।

पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको हो । रुसको साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धलाई लिएर रुसको विरोध गरेको छैन ।

पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल राइडरले आफ्नो मुलुकले युक्रेनलाई गर्दै आएको सहयोग र समर्थनलाई जारी राख्ने बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ४८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत