स्वर्णिम वाग्लेले केही दिन अगाडि आफ्नो ५० वर्ष भन्दा पुरानो पारिवारिक पृष्ठभूमि भएको नेपाली कांग्रेस दल परित्याग गरेको घोषणा गरे। यो परित्यागको ‘बावजुद’ सन्त नेता कृष्णप्रसाद भट्टराईले जस्तो नेपाली कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटाएको हुनाले पार्टी छोडेको जस्तो नहोला। कुनै बेला नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता वाग्ले राम्रो अवसरको खोजीमा नेपाली कांग्रेस दल छाडेका हुन् वा अरु कुनै भित्री कारणले गर्दा यो कदम उठाएका हुन्। समयले बताउला। तर, नेपाली कांग्रेसमा अरु ‘डेडिकेटेट’ कार्यकर्ताहरू भन्दा वाग्लेले निकै ठूलो अवसर प्राप्त गरेका हुन्। त्यो पनि करिब १० वर्षको अवधिमा। उनको करियरमा कांग्रेस ‘ट्याग’ झुन्डिएपछि उनी नेपालका एक मात्र ‘स्टार’ अर्थविद्का रुपमा परिणत भए। सन् २०१४ मा अमेरिकाबाट फर्के लगतै योजना आयोगको सदस्य भएका र त्यसपछि योजना आयोगको उपाध्यक्ष बन्ने सुअवसर प्राप्त गरे।
एउटा ‘अन्तर्राष्ट्रिय रुपमा कहलिएको विद्धान’ र अर्को नेपालको ‘मास मोबिलाइजर’ र ‘साधारण औपचारिक शिक्षा’ लिइएको भनिएको व्यक्ति। प्रष्ट बुझ्दा वाग्ले केही समयपछि वा तनहुँबाट उपनिर्वाचन विजय भएमा रास्वपाको अध्ययक्ष दाबी गर्ने हैसियत राख्न सक्छन्।
आफ्नो १० वर्षको कांग्रेस दलसँगको राजनीतिक यात्रामा बौद्धिक राजनीतिज्ञका रूपमा नेपालको सार्वजनिक क्षेत्रमा उदाए। उनले पार्टी कहिले प्रवेश गरे भन्दा पनि पार्टीबाट अलग भएको घोषण गर्दा सामाजिक सञ्जाल तात्यो। नेपाली कांग्रेसमा धेरै बौद्धिक व्यक्ति संलग्न छन्। तर तीमध्ये अहिलेको परिप्रेक्ष्यमा सबै भन्दा ‘भाग्यमानी’ यिनै वाग्ले हुन्। विदेशमा अन्य नेपाली अर्थशास्त्रीहरू अध्ययन र प्रतिष्ठित संस्थामा काम गर्दै आएका छन्। तर वाग्ले जत्तिको अवसर कांग्रेस जस्तो ‘तीन पुस्ता’ भन्दा पुरानो दल र करिब ८ लाख कार्यकर्ता भएको पार्टीमा मुस्किलले कसैले पाउँछ। अहिले नेपालमा राजनीतिमा आउने र राष्ट्र निर्माणमा योगदान पुर्याउने नेपाली युवाको जोश बढ्दै गएको छ। अहिले यो ट्रेन्ड ‘मःम’ पसल खोलेको जस्तो पनि देखिन्छ। रविदेखि बालेनसम्म र हर्कदेखि सोबिता गौतमसम्म सबैले प्रयास गर्न चाहन्छन्।
वाग्ले व्यक्तिगत रुपमा देशकै ‘स्टार’ अर्थशास्त्रीको रुपमा विकास हुँदै गएपछि उनमा महत्वाकांक्षा पनि बढ्दै गएको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रविको उदय तथा आमजनताले नयाँ अनुहार हेर्न चाहेकोमा रविको पार्टी उपयुक्त हुन्छ भनेर वाग्ले जोडिन पुगेका हुनसक्छन्। तर रविसँग उनको ‘व्यक्तिगत ट्युनिङ’ कतिको सहज तरिकाले निर्माण हुन्छ ? यो हेर्न बाँकी छ। किनभने दुवै महत्वकांक्षी छन्। एउटा ‘अन्तर्राष्ट्रिय रुपमा कहलिएको विद्धान’ र अर्को नेपालको ‘मास मोबिलाइजर’ र ‘साधारण औपचारिक शिक्षा’ लिइएको भनिएको व्यक्ति। प्रष्ट बुझ्दा वाग्ले केही समयपछि वा तनहुँबाट उपनिर्वाचन विजय भएमा रास्वपाको अध्यक्ष दाबी गर्ने हैसियत राख्न सक्छन्। त्यो बेला रविको ‘पोजिसन’ के होला ? के रवि आफू भन्दा ‘योग्य’ हो भनेर हस्तान्तरण वा निर्वाचन गराएर वाग्लेलाई अध्यक्ष बन्न देलान् ? यो कोणबाट पनि छलफल र बहस हुनु आवश्यक देखिन्छ। यसरी जिज्ञासा राख्नु स्वभाविक हुन्छ जस्तो लाग्छ।
त्यो बेला रविको ‘पोजिसन’ के होला ? के रवि आफू भन्दा ‘योग्य’ हो भनेर हस्तान्तरण वा निर्वाचन गराएर वाग्लेलाई अध्ययक्ष बन्न देलान् ? यो कोणबाट पनि छलफल र बहस हुनु आवश्यक देखिन्छ।
नेपाली कांग्रेसका लागि वाग्ले जस्तो प्रतिभालाई सम्हाल्न नसक्नु नै ‘र्दुभाग्य’ हो। त्यो पनि यस्तो अवस्थामा जहाँ राजनीतिक दलप्रति जनताको वितृष्णा उग्र रुपमा फैलँदै छ। साथै मात्रै १० वर्षको अवधिमा कांग्रेस जस्तो दलमा यतिका अवसर पाइसकेको व्यक्तिमा ‘महत्वाकांक्षा’ बढ्नु पनि दुःखद हो।
गत आमनिर्वाचनमा उनलाई काठमाडौं वा चितवनबाट उम्मेदवार बनाउन विश्व–गगनको निरन्तर लबिङ ‘असफल’ भयो तर वाग्ले आफैँले हार मानेनन्। त्यसपछि निरन्तर लागिरहे। तर, अचानक उनको समर्पणको बाँध टुट्यो र कांग्रेस नाता तोडे। वाग्ले संसद् बन्दै चाँडै सत्तामा पुग्न चाहन्छन्। उनमा देश बनाउने हुटहुटी छ। त्यसैले उनलाई बेलैमा सत्तामा पुग्ने हतारो देखिन्छ। तर नेपाली सन्दर्भ उनले सोचेजस्तो छैन। हाम्रो समाजमा शरीर थाम्ने तागत नभएका बयोवृद्ध नेताले नेतृत्व गर्ने प्रचलन तोडिएको छैन। आफ्नो शरीर सम्हालेर हिँड्न नसक्ने नेतालाई मतदाताले जवानीमा गरेको योगदानको आधारमा मत दिइरहेकै हुन्छन्। तर स्वर्णिम त्यो चाहदैनन्। उनी तत्काल केही गर्न सकिन्छ बनेर अगाडि बढेका छन्।
नेपाली कांग्रेसका लागि वाग्ले जस्तो प्रतिभालाई सम्हाल्न नसक्नु नै ‘र्दुभाग्य’ हो। त्यो पनि यस्तो अवस्थामा जहाँ राजनीतिक दलप्रति जनताको वितृष्णा उग्र रुपमा फैलदै छ।
तर यो वाग्लेको मात्रै समस्या होइन। नेपाली युवाहरूले उचित गृहकार्य नगरी चाँडै सत्तामा पुग्ने, सोचेको जस्तो ‘डेलिभरी’ दिन नसक्ने र “पछि हट्न बाध्य” हुने अवस्था सिर्जना भइराखेको छ। पश्चिमी जगतमा ग्रहण गरेको शिक्षा नै नेपाली समाजको शिक्षाको ‘मानकीकरण’ भएको छ। अर्थात् भन्नु पर्दा बी.पी कोइरालाको समयमा बनारस नेपालीका लागि शिक्षाको ‘हब’ थियो। तर समयअनुसार बनारसबाट त्यो शक्ति युरोप तथा अमेरिकामा ‘सिफ्ट’ भयो। थोरै पनि सार्वजनिक स्थानमा बोल्ने क्षमता भएको, राम्रो लुक्स भएको, सामाजिक सञ्जालमा दरिलो संलग्नता रहेको तथा विदेशी शिक्षाको डिग्री धारण गरको जो कोही पनि सम्भवतः नेपालको सांसद सदस्य हुनसक्ने अवस्थाको विकास हुँदैछ।
राज्यको त्यस्तो महत्वपूर्ण स्थानमा प्रवेश गर्दा व्यक्तिले एकै झट्कामा ‘पिक्चराइजेसन’ गर्ने सक्ने क्षमता चाहिन्छ। तर अनुभवहीन भएपछि सोचेको परिणाम आउँदैन। विदेशी चलखेल यस्तै आलाकाँचा नेतृत्व बर्गमार्फत हुने देखिन्छ। यो नेपाली समाजको बढ्दो ‘विचलन’ हो।
हामी नयाँ राजनीतिक संस्कार विकास गर्ने योजनामा छौं। सस्तो लोकप्रियता, शक्तिको भोक र आफ्नै लोभ तथा महत्वाकांक्षाको कैदी युवा वर्ग हुनु सुखद सन्देश होइन।
वाग्लेले कांग्रेस छाड्नु पक्कै पनि राम्रो समाचार होइन। तर छोटो अवधिमा धेरै इच्छा आकांक्षा राख्नु त्यो पनि यस्तो परिप्रेक्षमा जहाँ वर्षौ वर्षसम्म योगदान दिएका कार्यकर्ता दलबाट प्राप्त हुने ‘आधारभूत’ अवसरबाट बञ्चित छन्।
अन्त्यमा, हामी नयाँ राजनीतिक संस्कार विकास गर्ने योजनामा छौं। जहाँ उत्तर–शीत युद्ध कालीन पुस्ताले नेपाललाई उच्चतम् नैतिकता र दक्षताका साथ नेतृत्व गर्न सक्छ। सस्तो लोकप्रियता, शक्तिको भोक र आफ्नै लोभ तथा महत्वाकांक्षाको कैदी युवा वर्ग हुनु सुखद सन्देश होइन।