एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै « Khabarhub

एसीसी प्रिमियर कप आजदेखि : नेपाल र मलेसिया खेल्दै


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। नेपालले आज मलेसियासँग खेल्दै छ।

एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो। यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

मलेसियासँग अहिलेसम्म खेलेका पाँच खेलमध्ये सबैमा नेपाल विजयी भएको छ। प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्।

समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ।

समूह बीको पहिलो खेलसमेत आज हुँदैछ। हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुन लागेको हो।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ३४ बजे

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी – रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको