जग्गाको वर्गीकरण नहुँदा राजस्व संकलन न्यून « Khabarhub

जग्गाको वर्गीकरण नहुँदा राजस्व संकलन न्यून


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व संकलनकमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत संकलन हुने राजस्वमा कमी आएको हो ।

कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा संकलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८-७९ को फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ९७ लाख ९२ हजार चार सय ९३ राजस्व संकलन गरेको थियो । चालु आवको सोही अवधि अर्थात् फागुन मसान्तसम्ममा ८६ लाख ४७ हजार सात सय ११ मात्रै राजस्व संकलन गरेको छ ।

गत वर्षका तुलनामा चालु आवको फागुन मसान्तसम्ममा राजस्व संकलन ११ लाख ४४ हजार सात सय ८२ ले कमी देखिएको छ । मालपोत कार्यालयले गत आवभरमा जग्गा रजिस्ट्रेसनबाट कुल एक करोड ४४ लाख ७३ हजार सात सय ५० राजस्व संकलन गरेको थियो । उक्त रकम बराबर राजस्व संकलन गर्दाको लिखत सङ्ख्या दुई हजार १० रहेको छ । 

चालु आवमा फागुन मसान्तसम्मको लिखत सङ्ख्या एक हजार १८ मात्र रहेको छ । हालसम्मको अवस्थालाई हेर्दा चालु आवभरमा गत आवमा जति लिखत सङ्ख्या नपुग्ने र राजस्व संकलन पनि नहुने देखिएको मालपोत कार्यालयका सूचना अधिकारी खड्गप्रसाद गुरुङले बताए । गुरुङले जग्गा वर्गीकरणकै कारण जग्गासम्बन्धी कारोबार न्यून हुँदा राजस्वमा गिरावट आएको बताए ।

मालपोत कार्यालय प्रमुख निर्मल शेर्पाले समयमा जग्गाको वर्गीकरण नभएका कारण कित्ताकाट रोकिँदा राजस्वमा संकलनमा कमी आएको बताए । जिल्लाका स्थानीय तहहरूले तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगरेका कारण राजस्व संकलनमा कमी आउनुका साथै जग्गासम्बन्धी कारोबार गर्ने सेवाग्राहीसमेत प्रभावित भएको उनले बताए ।

उनका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये सिदिङ्वा , फक्ताङ्लुङआठराई त्रिवेणी गाउँपालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहितका बाँकी स्थानीय तहले अहिलेसम्म पूर्णरूपमा जग्गाको वर्गीकरण नगरेका उनले जानकारी दिए। 

उहाँका अनुसार व्यावसायिक क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, वन नदीनालाले ओगटेको क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्रलगायत विभिन्न १० समूहमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

जिल्लका तीन स्थानीय तहले मात्र हालसम्म सबै समूहमा जग्गाको वर्गीकरण गरेका छन् भने बाँकी स्थानीय तहले कृषि र गैरकृषि दुई समूहमा मात्र वर्गीकरण गरेका छन् । कृषि तथा गैरकृषि समूहमा जग्गाको वर्गीकरण गर्ने कार्य पनि स्थानीय तहले समयमा नगर्दा राजस्व संकलनमा असर पुगेको मालपोत कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ०९ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग