काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव « Khabarhub

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

१ करोड २० लाख रुपैयाँ बजेट विनियोजन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग अन्तर्गत अहिलेसम्म ३३ वटा संघसंस्थाबाट प्रस्ताव पाएको छ। 

विभागले विभिन्न समयमा सार्वजनिक सूचना मार्फत संघसंस्थाहरूलाई आवेदन दिन आह्वान गरेको थियो, जसमा ३० प्रतिशत लागत सहभागिता स्वयं संघसंस्थाले व्यहोर्ने गरी प्रस्ताव पेश गरिएको छ।

विभागले पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाका लागि प्रस्ताव आव्हान गरेको छ। १५ दिनको आवेदन अवधि बाँकी रहेकोले यस क्षेत्रमा काम गर्ने संघसंस्थाबाट अझै आवेदन पर्न सक्ने बताइएको छ।

यसअघि, मंसिर ११ गते ज्येष्ठ नागरिकका लागि काम गर्ने संघसंस्थाबाट प्रस्ताव माग गरिएको थियो, जसमा ९ संघसंस्थाले आवेदन पेश गरेका छन् र यस क्षेत्रका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

मंसिर १५ गते अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रस्ताव माग गरिएको थियो, जसमा ६ संघसंस्थाले आवेदन गरेका छन् र २० लाख रुपैयाँ विनियोजन गरिएको छ। मंसिर १७ गते लिंग र यौनिक अल्पसंख्यक (एलजीबीटीक्युआइ) का लागि प्रस्ताव माग गरिएको थियो, यस क्षेत्रमा ८ संघसंस्थाबाट प्रस्ताव आएको छ।

पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि लक्षित कार्यक्रम गर्ने संघसंस्थाबाट प्रस्ताव माग गरिएको थियो, जसमा १० संघसंस्थाले आवेदन गरेका छन् र यस क्षेत्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

विभागका प्रमुख समीक्षा निरौलाका अनुसार, प्रस्ताव पेश गर्ने संघसंस्थाले आफ्नो ३० प्रतिशत लागत स्वयं व्यहोर्ने गरी आवेदन पेश गरेका छन्। प्रस्तावको रकम ३ लाख ५० हजारदेखि ८१ लाख रुपैयाँसम्मको रहेको छ।

निरौलाले भने, ‘प्रस्ताव पेश गर्ने संघसंस्थाले विगतका काम, प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति र आवश्यकताका आधारमा मूल्याङ्कन गरी सहयोग रकम प्रदान गर्ने निर्णय प्रक्रिया अगाडि बढाइनेछ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : २५ बजे

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा