सुदूरपश्चिममा १५ जनामा कोरोना सङ्क्रमण « Khabarhub

सुदूरपश्चिममा १५ जनामा कोरोना सङ्क्रमण


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा चारसय १३ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पाँचजनाको पीसीआर र १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि हिजो २२ जनामा सङ्क्रमण देखिएको थियो ।

हाल सङ्क्रमण पुष्टि भएका अधिकांश भारतबाट फर्किएका रहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५५ हजार नौसय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार दुईसय ४५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण यस प्रदेशमा छसय ३६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ५२ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ