साबिक विजेता रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा « Khabarhub

साबिक विजेता रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साबिक विजेता रियल मड्रिडलाई ४-० ले पराजित गर्दै इंग्लिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

गएराति सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४-० र पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो।

खेलको २३औं मिनेट र ३७औं मिनेटमा बर्नार्डो सिल्भाले एक- एक गोल गरे। पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। म्यनुयल अकान्जीले ७६औं मिनेटमा र सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गरेका थिए ।

यो जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ।

इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। सिटी दोस्रो पटक फाइनल पुगेको हो।

सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ६ : ५५ बजे

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुव्र्यवहारकोको कथा

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर– जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव