सेवाग्राहीका गुनासा सुने पछि मन्त्रीको प्रतिबद्धता « Khabarhub

सेवाग्राहीका गुनासा सुने पछि मन्त्रीको प्रतिबद्धता


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवालाई चुस्त बनाउन आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गरिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको अनुगमनका क्रममा उनले सेवाग्राहीबाट आएका गुनासा र समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल र सहजीकरण गर्ने बताए।

मन्त्रालयका उपसचिव टीकाराम पौडेलसहितको अनुगमन टोलीसमक्ष सेवाग्राहीले सेवा लिँदा खेप्नुपरेका समस्याबारे जानकारी गराएका थिए । सेवाग्राहीले खानेपानी अभाव, अव्यवस्थित र झन्झटिलो सेवा प्रवाह, पुराना सवारीसाधनबाट ट्रायल दिनुपर्नेलगायत समस्या राखेका थिए।

कार्यालयमा हुने बिचौलियाको चलखेल नरोकिएको गुनासो आएपछि मन्त्री जुग्जाली आकस्मिक अनुगमनमा गएका थिए । “यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहबारे धेरै जनगुनासो छ, अब छिटोछरितो र सहज सेवा दिने वातावरण बनाउँछौँ”, उनले भने ।

गत साता मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जुग्जालीले मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन पहल थालेका छन् । उनले पोखरामा चल्ने सवारीसाधनको प्रदूषण मापदण्डलाई कार्यान्वयन गरिने बताए । “विसं २०७६ देखि सुरु भएको सवारीसाधनको प्रदूषण परीक्षण मापदण्ड अझै कार्यान्वयन हुनसकेको छैन । कार्यालयमा पूर्वाधार र जनशक्तिको पनि अभाव छ । प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रविधिमैत्री बनाउन कार्ययोजना तयार पारिएको छ”, मन्त्री जुग्जालीले भने ।

गत वैशाख १५ गते बसेको वर्तमान मन्त्रिपरिषद्को पहिलो बैठकले सेवा प्रवाह सुधारबारे अध्ययन प्रतिवेदन तयार पार्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदबहादुर कुँवरको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलले तत्कालीन र दीर्घकालीन कार्ययोजना समेटेर तयार पारेको प्रतिवेदनलाई स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिएकी छन् ।

कार्यदलले निर्धारित १५ दिनभित्रै गत वैशाख २९ गते सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदनले निदृष्ट गरेका कार्ययोजनामा टेकेर यातायात कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाइने सरकारका प्रवक्ता अर्यालले बताइन् ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १२ : २९ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्