जामेना- सशस्त्र डाकाहरुको समूहले चाडको एउटा गाउँमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चाडको लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा डाकाहरुको समूहले आक्रमण गर्दा मृत्यु हुनेमा १२ जना गाउँले र छ जना डाकुको मृत्यु भएको जनाइएको छ ।
स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार लारामनायेमा रहेको मकाते गाउँमा आक्रमण भएको हो । अधिकारीले जनाएअनुसार मृतकमध्ये नौ जनाको पहिचान भइसकेको छ ।
सुरक्षाकर्मीले आक्रमणमा संलग्न आठ जनालाई पक्रन सफल भएको बताइएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमानामा रहेको छ ।
प्रतिक्रिया