एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । सङ्घ, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको सङ्घले जनाएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गरी नुरदुबई फाउण्डेशनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतियाविन्दुको समस्या देखिएको जनाएको हो । एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीको पनि निःशुल्क शल्यक्रिया गरिने सङ्घले जनाएको छ ।

उक्त शिविरमार्फत दृष्टिदोष भएका नौ सय १९ बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो । शिविरमा मोतियाविन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो ।

सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार तीन सय २६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार आठ सय ४६ जनाको शल्यक्रिया गरिएको थियो ।

त्यसैगरी स्थापनाकालदेखि सन् २०२२ सम्ममा यस संस्थामार्फत एक करोड २४ लाख ३० हजार चार सय ७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ४४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द