कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु « Khabarhub

कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कानुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङ्कमा उल्लेख छ । वर्षाका कारण एक हजार छ सय ३५ भन्दा धेरै घटना भएका छन् भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट सात जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका ३३ वटा घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका तथ्याङ्कमा जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १० : १४ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन