अन्तर्राष्ट्रिय

सेनाको खोजी कार्यको प्रशंसा

By मनोज घिमिरे

June 18, 2023

कोलम्बियाको जङ्गलमा १ मेमा भएको विमान विस्फोटमा हराएका चार जना बालबालिकाको अत्तोपत्तो नभएपछि उनीहरूको खोजी कार्य तीव्र पारिएको थियो। घटनाको ४० दिनपछि १३, ९, ५ र १ वर्षका बच्चा फेला परेका थिए। खोजीमा सिङ्गो देश लागि परेको थियो। ४० दिनपछि बालबालिका जिउँदो नै फेला पर्दा विश्वकै लागि चर्चित समाचार बन्यो।

सानजोसेबाट यी बच्चा ३३ वर्षीय आमाको साथमा यात्रा गरिरहेका थिए। चार्टर्ड गरिएको सो विमान ५५ वर्षीय पाइलट हर्नान्डो माउरीकोले उडाएका थिए। विमानमा स्थानीय आदिवासी नेता हर्मन मेन्डोजा पनि सवार थिए। माउरीकोले इन्जिनमा समस्या भएको बताएको केही समयपछि राति सवा सात बजे विमान सम्पर्कबिहीन भएको थियो।

जिउँदै पाइने झिनो आशा त सबैमा थियो।सेनाहरू ती बच्चाको खोजी गरिरहँदा कलिला भएका कारण आफैँ हिँडेको र खाने कुरा खोजीरहेको अनुमान गर्दै थिए।

लामो समय बच्चा फेला पार्न नसकेपछि यसका लागि एउटा नक्सा नै प्रयोग गरिएको थियो। अहिले संसारमा कोलम्बियाको सेनाको खोजी गर्ने शैलीको प्रशंसा भएको छ। नक्सा प्रयोग गरिएको दुई सातापछि ती बच्चा फेला परेका थिए। ध्वस्त विमानको भित्र पाइलट हर्नान्डो माउरीकोको शरीर फेला परेको धेरै दिन भइसकेको थियो।

विमानको भग्नावशेषकै छेउमा माउरीको मात्र होइन मागडालेनको पनि शव फेला परेको थियो। यसका बाबजुद ती बच्चाहरू फेला परेका थिएनन्। यसैले अन्य सबैलाई झनै चिन्ता परेको थियो। यसरी खोजी गर्दा बच्चाहरूको जीवित नै उद्धार भएपछि सबैलाई आश्चर्य मात्र लागेको छैन, खुसीको सीमा नै पार भएको छ।

जिउँदै पाइने झिनो आशा त सबैमा थियो।सेनाहरू ती बच्चाको खोजी गरिरहँदा कलिला भएका कारण आफैँ हिँडेको र खाने कुरा खोजीरहेको अनुमान गर्दै थिए। खोजीकै क्रममा हिलोमा बच्चाहरूको पाइलाको डोब तथा कम रगतको मात्राले उनीहरू धेरै घाइते नभएको हुनसक्ने शङ्का सेनालाई भएको थियो।

यसरी एक सय भन्दा बढी सेनाको त्यो प्रयास खेर नै गएन। पर कतै गाउँको नजिक उनीहरू घुमिरहेको दृश्य देखिएको थियो। एकपछि अर्को दिन उनीहरूले जङ्गलमा कुकुर छाडेका थिए। सेनाको ती बच्चाको उद्धार गर्ने अभियान हेर्दा साँच्चै दयाका भोका जस्ता देखिन्थे। सेनाकै व्याख्यामा त्यो खोजी परालको रासमा सियो खोजे जस्तो थिएन। उनीहरूको खोजी कार्य त ठूलो कार्पेटमा उपियाँ खोजे जस्तो थियो। यसका बाबजुद उनीहरू यसका लागि निरन्तर प्रयास गरिनै रहे। सेनाले तयार गरेको त्यो नक्सा हेर्दा कठिन यात्रामा लागि रहेको महसुस भएको थियो।

खोजीकै क्रममा हिलोमा बच्चाहरूको पाइलाको डोब तथा कम रगतको मात्राले उनीहरू धेरै घाइते नभएको हुनसक्ने शङ्का सेनालाई भएको थियो।

हेलिकोप्टरबाट तल सम्पर्क भइरहेको थियो। बच्चाहरूको हजुरआमाले तल जमिनबाट नै सन्देश पठाएर ती सेनालाई साथ दिइरहेकी थिइन्। ४० दिनको यो अनवरत मेहनतपछि स्वयं सेवकहरूले १३ वर्षका लेस्ली, ९ वर्षका लासेनी र ५ वर्षका टेन नोरेललाई फेला पारे। १ वर्षका क्रिस्चीयन नेरम्यान पनि सँगै फेला परेका थिए।

ती बच्चालाई कोलम्बियाको राजधानी बोगाटा लगियो। त्यसपछि नै उनीहरूलाई सेनाको अस्पतालमा उपचार गर्न सुरु गरियो। उनीहरूलाई भेट्न उनीहरूका हजुरबा र बाबु मानुएल रोनीक्यु पुगे। बाबुले जनाए अनुसार उनले घर छोडेपछि पत्नी बच्चाले उनलाई तत्काल भेट्न चाहेका थिए। यसैका लागि उनीहरू हतार गरेरै भए पनि त्यस विमानको यात्रा गरेका थिए।

कोलम्बियामा पनि सशस्त्र जत्था युद्धरत छ। विद्रोही क्रान्तिकारी सैन्य सङ्गठन (फार्क)बाट छुट्टिएर बनेको कोन्ट क्यालेना रेमिरेजले बारम्बार धम्की दिइरहेका कारण ती बच्चाका बाबुले घर छाडेका थिए। फार्कले भने सन् २०१६ मा सरकारसँग सम्झौता गरिसकेको छ। उनी घर छाडेपछि पनि बच्चाको सुरक्षाका कारण चिन्तित थिए। क्रेन्टे कोरोलीना भने रानोक्युलाई धम्की दिएको अस्वीकार गर्छन्। अन्य सशस्त्र जत्थाले बच्चालाई केही गर्ने धम्की दिएको कुरा अस्वीकार गर्दै आदमीवासीसँग आफूहरूको सम्बन्ध राम्रो भएको जनाएको छ।

घटना भएको चार दिनसम्म यी बच्चाको आमा पनि जिउँदै रहेकी थिइन्। यो रहस्य पनि ती बच्चा फेला परेपछि नै थाहा भएको हो। बच्चाले आमा घाइते रहँदासम्म छाडेका थिएनन्। बच्चाको आशाको बाबजुद चौंथो दिन आमाको ज्यान गएको थियो।

बच्चाको सुरक्षामा आफूहरू अझै चिन्तित रहेको उनीहरूको जनाएका छन्। घटना भएको चार दिनसम्म यी बच्चाको आमा पनि जिउँदै रहेकी थिइन्। यो रहस्य पनि ती बच्चा फेला परेपछि नै थाहा भएको हो। बच्चाले आमा घाइते रहँदासम्म छाडेका थिएनन्। बच्चाको आशाको बाबजुद चौंथो दिन आमाको ज्यान गएको थियो।

मर्ने समयमा आमाले भनेको कुरा ती बच्चालाई अझै याद छ। ‘तिमीहरू यहाँबाट हिँड। आफ्नै बाबु जस्तै माया गर्ने अन्य कसैलाई भेट्न सक्छौं, ’ आमाको आग्रह पछि उनीहरू त्यहाँबाट हिँडेका थिए।

त्यो उद्धार कार्यमा संलग्न निकोलास ओर्डेनेस गोमजको त खुसीको सीमा नै छैन। ‘एक बच्ची आएर मलाई अँगालो हाल्दै मलाई ज्यादै भोक लागेको छ भनेर कराउँदा त अचम्ममा नै परेँ’, त्यसपछि उनले अन्य दुई बच्चालाई पनि देखेका थिए। त्यसपछि अर्को बच्चा आएर आफ्नै आमा मरेको सुनाउँदै साथी पाएको भन्दै खुसी व्यक्त गरेका थिए। ती ९ वर्षीय बालकले भने रोटी ससेज मागेको उद्धारकर्ता स्वयंसेवक बताउँछन्।

मर्ने समयमा आमाले भनेको कुरा ती बच्चालाई अझै याद छ। ‘तिमीहरू यहाँबाट हिँड। आफ्नै बाबु जस्तै माया गर्ने अन्य कसैलाई भेट्न सक्छौं, ’ आमाको आग्रह पछि उनीहरू त्यहाँबाट हिँडेका थिए।

फेला परेका बच्चा आदिवासी ह्युटुटो समुदायका बासिन्दा हुन्। उनीहरूलाई जङ्गली फलको बारे राम्रो जानकारी थियो। त्यो ज्ञानले उनीहरूको जीवन पनि बचाएको हो। आफ्ना भाइ बहिनीलाई जीवितै राख्ने श्रेय १३ वर्षीया लेस्लीलाई जान्छ। उनीहरूले आफैले टेन्ट जस्तो बनाएका थिए।

त्यसरी हराएको समयमा उनीहरूलाई धेरै कुरा गुमाएको महसुस भएको थिएन। उनीहरूमा खानाको भने चिन्ता थियो। उनीहरू अन्य मान्छे भेट्ने बित्तिकै खिर र रोटी खान चाहेका थिए।

उनीहरूको हजुरबा फियन्डो भ्यालेन्सीयाको खुसीको सीमा नै छैन। उनले भेटिने सम्भावना नै कम देखेका थिए। यसका बाबजुद सेनाको अथक प्रयासले त्यो सम्भव भएको थियो। अहिले संसारमा नै उनीहरूको बहादुरीको चर्चा एकातिर भएको छ भने अर्कोतर्फ सेनाको निरन्तरको प्रयासको पनि प्रशंसा भइरहेको छ। स्रोतः बीबीसी