सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता   | Khabarhub Khabarhub

सङ्खुवासभा अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता  


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभाको हवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविरल वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए । 

बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारू गम्भीर घाइते अवस्थामा फेला हुन् ।

घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिए।

उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ३० बजे

नेको इन्सुरेन्सको हकप्रद सेयरमा दरखास्त दिने समय थप

काठमाडौं– नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४

राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा १५ अर्ब खर्च

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १०

९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी

इन्टर मिलान क्वार्टरफाइनलमा

काठमाडौं – फियुनार्ड माथिको जितसहित इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको

तनहुँको बीपी वाटिकामा कभर्डहल निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका– ३ स्थित बीपी वाटिकामा ९६ लाख