काभ्रेपलाञ्चोकका ४० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध   | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकका ४० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध  


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४० दशमलव १२ प्रतिशत अर्थात् एक लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ६४ हजार ३९ मध्ये ७० हजार छ सय १७ पुरुष र ७५ हजार चार सय महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन् ।

हालसम्म बनेपा नगरमा २९ हजार दुई सय ६६, धुलिखेल नगरमा २८ हजार नौ सय, पनौती नगरमा २४ हजार सात सय एक जना, पाँचखाल नगरमा १७ हजार पाँच सय ६२ र मण्डनदेउपुर नगरमा १३ हजार चार सय ३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

यस्तै नमोबुद्ध नगरमा नौ हजार दुई सय ५३, रोशी गाउँपालिकामा सात हजार नौ सय दुई, तेमालमा दुई हजार दुई सय ९३, महाभारतमा एक हजार पाँच सय १६, चौँरीदेउरालीमा दुई हजार सात, भुम्लुमा पाँच हजार चार सय ९०, बेथानचोकमा दुई हजार आठ सय ५२ र खानीखोला गाउँपालिकामा आठ सय ९९ नागरिकले स्वास्थ्य बीमामा गराएका हुन् ।

बोर्डका अनुसार कूल विमितमध्ये आठ हजार आठ सय ७१ ज्येष्ठ नागरिक, दुई सय १२ एचआइभी सङ्क्रमित, तीन हजार एक सय १३ पूर्णअपाङ्गता भएका व्यक्ति, एक सय ५१ कुष्ठरोगी र आठ कडा खालको क्षयरोग लागेका व्यक्ति तथा दुई हजार छ सय ७३ महिला स्वास्थ्य स्वयम्सेविका छन् । 

सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा गर्दा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकको निःशुल्क, पूर्ण अपांगता भएका, कुष्ठरोगी र एचआइभी सङ्क्रमितका परिवारलाई बीमा रकममा शतप्रतिशत छुट दिँदै आएको छ । काभ्रेपलाञ्चोकमा विसं २०७६ भदौ २४ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक सहयोगीका दरले एक सय ३५ सहयोगी खटाइएका छन् ।

जिल्लामा धुलिखेल सामुदायिक अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमितलाई उपचार सुविधा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ३४ बजे

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

जानकी- ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरू रोकिएको देखेँ,

स्थापना दिवस मनाउन मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा– गण्डकी प्रदेशले मंगलबार स्थापना दिवस मनाउने भएको छ ।

गण्डकीमा हिउँदे अधिवेशन, १३२ दिनपछि बस्दै प्रदेशसभाको बैठक

पोखरा-गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १ सय ३२ दिनपछि सोमबारदेखि

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

एजेन्सी – सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार

इलोन मस्कले ‘आपराधिक संगठन’ भनेपछि संकटमा युएसएआईडी, नेपालमा सञ्चालित अर्बौँका परियोजनामा संकटको बादल

वासिङ्टन- अमेरिकी खर्बपति इलोन मस्कले युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल