पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका रहेका छन् । सो बस संघीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याएका थिए । दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन् ।

उनले दुर्घटनाको नबिन गर्न निर्देशन दिँदै घाइतेलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : २५ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु