भक्तपुरमा खेलकुद सप्ताह सुरु « Khabarhub

भक्तपुरमा खेलकुद सप्ताह सुरु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०८० सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी शिक्षकहरू संलग्न भएका छन् । 

सप्ताहको उद्घाटन पहिलो अन्तर्राष्ट्रिय पदक पाउने महिला राष्ट्रिय धावक पुष्पा भण्डारीले गरेकी छन् । उद्घाटन कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे । उनीहरूले पढाईका साथसाथै खेलकुदमा पनि महत्व भएकोबारे चर्चा गरे । 

खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिबल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिता चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीहरू गरी झण्डै दुई हजार सहभागी हुन्छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरूलाई दैनिक रूपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिँदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ७ गतेसम्म चल्ने छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : २५ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान