बलिङ नचल्दा जिम्बावेसँग नेपाल पराजित « Khabarhub

बलिङ नचल्दा जिम्बावेसँग नेपाल पराजित


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

आइतबार जिम्बावेको हरारेमा भएको खेलमा नेपालको दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । जिम्बाबेका लागि दुई खेलाडीले शतक बनाए । कप्तान क्रेग एर्विन र सेन विलियमले शतक बनाएका हुन् । एर्विनले १२८ बलमा १२१ रन र विलियमले ७० बलमा एक सय दुई रन बनाएका हुन् । त्यस्तै जोयलर्ड गुम्बिले २५, विस्लि माधिवेरीलाई ३२ रन बनाए ।

नेपालका सोम्पाल कामी र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल शतक बनाउन चुके । उनलेले ९५ बलमा ९९ रन बनाए । भने आसिफ शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए ।मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १–१ विकेट आफ्नो नाम गरे ।

समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ०९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय