बलिङ नचल्दा जिम्बावेसँग नेपाल पराजित | Khabarhub Khabarhub

बलिङ नचल्दा जिम्बावेसँग नेपाल पराजित


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

आइतबार जिम्बावेको हरारेमा भएको खेलमा नेपालको दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । जिम्बाबेका लागि दुई खेलाडीले शतक बनाए । कप्तान क्रेग एर्विन र सेन विलियमले शतक बनाएका हुन् । एर्विनले १२८ बलमा १२१ रन र विलियमले ७० बलमा एक सय दुई रन बनाएका हुन् । त्यस्तै जोयलर्ड गुम्बिले २५, विस्लि माधिवेरीलाई ३२ रन बनाए ।

नेपालका सोम्पाल कामी र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल शतक बनाउन चुके । उनलेले ९५ बलमा ९९ रन बनाए । भने आसिफ शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए ।मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १–१ विकेट आफ्नो नाम गरे ।

समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ०९ बजे

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको