दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा आठ जनाको मृत्यु « Khabarhub

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा आठ जनाको मृत्यु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार राति भएको एक भोजमा किशोरसहित कम्तीमा आठ जनालाई गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका अधिकारीहरूले स्थानीय समयअनुसार राति १२ः०५ बजे लस एन्जलसबाट २० किलोमिटर दक्षिणमा रहेको कार्सन शहरमा गोली चलेको पुष्टि गरेका छन् ।

घटनास्थलमा सुरक्षा अधिकारीहरूले छ जना गोली लागेर मृत्यु भएको फेला पारेका थिए भने अन्य दुई जनालाई स्थानीय चालकले अस्पताल लगेका थिए ।

घाइते हुनेमा १६ देखि २९ वर्ष उमेर समूहका युवा रहेको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

स्थानीय केटीएलए टिभीका अनुसार गोली चल्दा कम्तीमा ५० जना किशोर किशोरी रात्रि भोजमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ३६ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार