दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा आठ जनाको मृत्यु « Khabarhub

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा आठ जनाको मृत्यु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार राति भएको एक भोजमा किशोरसहित कम्तीमा आठ जनालाई गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका अधिकारीहरूले स्थानीय समयअनुसार राति १२ः०५ बजे लस एन्जलसबाट २० किलोमिटर दक्षिणमा रहेको कार्सन शहरमा गोली चलेको पुष्टि गरेका छन् ।

घटनास्थलमा सुरक्षा अधिकारीहरूले छ जना गोली लागेर मृत्यु भएको फेला पारेका थिए भने अन्य दुई जनालाई स्थानीय चालकले अस्पताल लगेका थिए ।

घाइते हुनेमा १६ देखि २९ वर्ष उमेर समूहका युवा रहेको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

स्थानीय केटीएलए टिभीका अनुसार गोली चल्दा कम्तीमा ५० जना किशोर किशोरी रात्रि भोजमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ३६ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको