बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो | Khabarhub Khabarhub

बाढीमा बेपत्ता एक जनाको शव तमोर नदी किनारमा भेटियो


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा गएको बाढीमा परेर बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । शनिबार राति फिदिमस्थित माउण्टेन हाइड्रोको पावर हाउसबाट बगेका फिदिम–१० निवासी सन्जोग लोवाको शव कुम्मायक गाउँपालिका– ५ स्याब्रुम्बास्थित तमोर नदी किनारमा भेटिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाका अनुसार स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बाढीमा परेका हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम-५ घर भई हाल फिदिम-४ होवाखोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ-७ का २७ वर्षीय आशीष माझी र उनकी २५ वर्षीया पत्नी एलिसाको अवस्था अज्ञात छ ।

फालेलुङ-३ मा पहिरोले पुर्दा घाइते भएकी जुना सावदेनको भने आइतबार दिउँसो उपचारका क्रममा निधन भएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : ०० बजे

अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ

एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबीन सुरु

काठमाडौं – एनसेलको शेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न गठित समितिले

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना

बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पतालमा भर्ना

हेटौँडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा

बिक्री भएन झापाका डेरीको घ्यू

झापा- दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा