नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो « Khabarhub

नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ ।

अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४० औँ ओभरमा १ सय ६७ रन बनाएर अलआउट भएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ६५ र गुल्सन झाले ३८ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । आज बङ्गलादेश ए र अफगानिस्तान ए तथा श्रीलङ्का ए र ओमान एबीचका खेल हुँदैछन् ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्