भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त « Khabarhub

भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा नियुक्त गरेको छ ।

संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । 

सन् २०१५ बाट राष्ट्रिय टोलीमा छिरेका श्रेष्ठ नेपालले खेलेका पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा भाग लिएका छन् । 

नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।

गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाइएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो । 

काठमाडौंमा भर्खरै सम्पन्न सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासन भंग गरेको आरोपमा थापा कप्तानबाट हटाइएका हुन् । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ५५ बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति