अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा | Khabarhub Khabarhub

अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– जलवायु परिवर्तनका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । 

अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्।

यस बाहेक स्पेनको जंगलमा पनि आगलागी भएको छ । अर्कोतर्फ चीनमा चक्रवाती आँधी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलर्ट जारी गरिएको छ । चीनका केही प्रान्तहरूमा सोमबार तापक्रम ५० डिग्री नाघेको छ । मौसमविद्हरू यी परिवर्तनहरू बारे विशेष गरी चिन्तित छन्।

स्पेनको क्यानरी टापुमा लागेको डढेलोका कारण ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी करिब ९ हजार ८ सय एकड क्षेत्रफलमा फैलिसकेको छ । आगलागीबाट हालसम्म १२ घर जलेर नष्ट भएका छन् ।

चीनमा चक्रवाती आँधी  ‘तलिम’ का लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यस वर्षको चौथो चक्रवाती आँधीले देशको दक्षिणी तटीय क्षेत्रमा हावाहुरी र मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

यस्तै, जापानमा तापक्रम रेकर्ड स्तरमा पुगेपछि देशका ४७ प्रिफेक्चर मध्ये २० प्रान्तमा तातो हावाको लहरको चेतावनी जारी गरिएको छ। यसैबीच अविरल वर्षाका कारण केही क्षेत्रमा पहिरो गएको छ । टोकियोलगायत केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

यसैबीच, अमेरिकी जलवायु दूत जोन केरीले सोमबार बेइजिङमा चीनका जलवायु दूत सी सेनहुआसँग वार्ता गरेका छन । वास्तवमा अमेरिका व्यापार, ताइवान, मानव अधिकार र क्षेत्रीय दाबीमा विवादको बीचमा सम्पर्क पुनर्स्थापित गर्न चाहन्छ।

केरीले लगभग एक वर्षमा विश्वका सबैभन्दा खराब जलवायु प्रदूषकहरूमध्ये दुईका प्रतिनिधिहरू बीचको पहिलो व्यापक आमने सामने बैठक आयोजना गर्दैछन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ३५ बजे

नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव

काठमाडौं – नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन