चितवनमा एक वर्षमा ४७५ फरार प्रतिवादी पक्राउ « Khabarhub

चितवनमा एक वर्षमा ४७५ फरार प्रतिवादी पक्राउ


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र एक करोड ३० लाख ६७ हजार रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार फरार प्रतिवादी खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो ।

अदालतले लगत कट्टा नगरेका कारण कतिपय व्यक्ति पुनः पक्राउ पर्ने गरेको प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताए । अदालतले सजाय भुक्तान गर्न बाँकी रहेका भनी दिइएका व्यक्तिहरुले सजाय भुक्तान गरेको प्रमाण दिने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १२ : ४६ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा