तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश « Khabarhub

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार बिक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा छ जनालाई नै पेस गरेको थियो । 

गत पुस १० गते ‘फ्लाई दुबई’बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी उक्त ‘भेप’ जफत गरिएको थियो । सोही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ४३ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ