एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने « Khabarhub

एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरे । ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा सञ्जय शाह छन् । नेपाल पौडी सङ्घका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउने छन् ।

उक्त च्याम्पियनसिपअन्र्गत यही साउन ७ गते नासिरले चार सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । सोही दिन नासिरले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । साउन ९ गते डुवानाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । ११ गते डुवानाले एक सय मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली भोलि जापान प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ३९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्