लागुऔषध कारोबारमा बालिकाको प्रयोग « Khabarhub

लागुऔषध कारोबारमा बालिकाको प्रयोग


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ ।

एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ ।

किशोरीलाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । उनका अनुसार सुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए ।

अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौँबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ३२ बजे

भीमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय

दशगजामा दिनभर हात्तीको बथान : गाउँमा त्रास

झापा – मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट

कर्णालीलाई हराउँदै प्लेअफ पुग्यो लुम्बिनी

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक