‘रेमिट्यान्स छोटो समयको मिठास मात्र हो’ | Khabarhub Khabarhub

‘रेमिट्यान्स छोटो समयको मिठास मात्र हो’



मेरो विचारमा अहिले मार्केटमा सहकारीको धेरै ठुलो समस्या देखियो। त्यसले गर्दा मेजर एसएमईको क्वाइन्टमा धेरै हिट भयो। सहकारीमा समस्या नहुँदासम्म दिन प्रतिदिन नाङ्लोमा पसल राख्नेदेखि लिएर अन्य सानोतिनो पसल राख्नेहरूले पनि दिनभर काम गरेर साँझ सहकारीमा पैसा जम्मा गरे। त्यो पैसा बजारमा पुग्दा अर्थतन्त्रमा सहजता पनि भएको थियो।

यो भन्दाबाहेक अरु ठुलो ठुलो कर्पोरेट ग्राहक जस्तो अरु कनट्र्याक्टरको क्लाइन्टहरु छ भने कोर्फले बीचको फाइनान्सियल मिडिएटको जस्तो काम गरेको थियो। क्वाटरिङ आउला, इयरिन आउला अलिकति सजिलो तरिकाले लिएर ब्याजहरू मिलाएर बैंकको बिजनेस बढाएर तिर्दै जाँदा इकोनोमी बैंकिङ साइकल राम्रोसँग चलेको थियो।

अन्तिम एक वर्षको समयमा को-अप्रेटिभको समस्याले गर्दा एसएमईमा हिट छ। सबै भन्दा ठुलो चिन्ताको विषय भनेको एउटा ठुलो इन्डस्ट्री डुब्दा भन्दा पनि एसएमईको लोडमा हिट हुँदा यसले ओभरल इकोनोमीलाई ठुलो असर पार्छ। अहिले बैंकको हिसाबले हेर्दा एसएमईको लोनमा धेरै एनपीहरु बढेको छ। कन्फिडेन्स धेरै लुज भएको छ।

कति सटर र पसलहरू बन्द भएका छन्। यो अवस्था हामीले हाम्रो मौद्रिक नीतिमा कार्यदिशामा राखेको छौँ। एसएमईको लोनलाई नै अल्टिमेट्ली देशको मेरुदण्ड भनेको एसएमई नै हो।

साना साना चिजहरूबाट प्रोडक्सन गर्ने हो। अहिले रेमिट्यान्स आएको भनेको छोटो समयको मिठास मात्र हो। यो चिज भोलि कुनै कारणले रोकियो भने हामी आफ्नो सस्टेनिटी भनेको रेमिट्यान्सलाई अल्टिमेट्ली कुनै न कुनै समयमा गएर रिप्लेस गरेर हाम्रो अर्थतन्त्रलाई स्थायित्व गर्नुपर्छ । त्यो सबै भन्दा ठुलो जिम्मेवारी हो। जुन साना तथा मझौला क्लाइन्टहरुले लिएको हुनाले यिनलार्ई कसरी संरक्षण गर्ने भन्ने विषयमा गम्भीर बन्नुपर्छ ? यस्ता हिटेजहरु छन भने कुन तरिकाले प्रोत्साहन गर्ने ? यसमा पनि बहस आवश्यक छ।

जस्तो : पहिलो, अहिले एसएमईमा एक करोडसम्मको एसएमईको लोनलाई सहुलियतपूर्ण कर्जा भनेर दुई प्रतिशतमा लोन दिएका छौँ। यस्तै एक करोडलाई किन पाँच करोड नबनाउने ? किन चार करोड नबनाउने ?

आजको मितिमा त्यो क्लाइन्ट पनि दुई प्रतिशत सस्तो ब्याजको र्याडरमा आउने हो भने उनीहरूलाई प्रोत्साहन पनि गर्न सकिन्छ। त्यो टाइपको बिजनेसमा हामीले टार्गेट गर्न सकिन्छ जस्तो लाग्छ।

दोस्रो, वर्किङ क्यापिटल गाइडलाइनस् आयो। यो कति चिजमा हेर्दा औद्योगिक ढंगले आएको भए उत्तम हुन्थ्यो। जस्तै सबै उद्योगहरुको वर्किङ क्यापिटलको प्रकृति एउटै हुँदैन। धान र चामलको एउटा हुन्छ। जो वर्षको एक पटक नै गएर सिजनमा बेचेर लोन खाली गर्न सकिन्छ। तर औषधिमा त्यो हुँदैन।

एउटै औषधि बनाउन धेरै मोलिक्युलहरु स्टक राख्नुपर्ने हुन्छ। हामी जस्तो भूपरिवेष्ठित देशमा वर्किङ क्यापिटलको लागि स्टकहरू राख्न जरुरी छ। आज एउटा कुनै पनि सामग्री मगाउनु पर्या भने तीन वा चार महिना त ट्रान्जिटमा नै लाग्छ।

हामी भूपरिवेष्ठित छौँ। हामीसँग सिट असिस्मेन्ट (मूल्यांकन) नभएको कारणले त्यो चिजको लागि पनि व्यापारीले आफ्नो व्यापारको लागि वा सहजताको लागि स्टकहरू मेन्टेन गर्नुपर्ने हुन्छ। मार्केटमा उधारो पनि गर्नुपर्ने हुनाले यसालाई उद्योगवाइज सहजता गर्दै जान सक्यो भने सहज हुन्छ।

तेस्रो, अहिले रोकेको रिफाइनान्सको कुरामा जति बेला कोरोना आएको थियो। हामीले अलिकति पैसा दिएर पुर्नकर्जा उद्योगहरुले बढाउनु बढाए। अहिले त्यो पुर्नकर्जालाई तुरुन्त राष्ट्र बैंकले माग्दा कति व्यापारीहरूको मेरो भविष्यको पाँच वर्षको योजनामा गरिराखेको हुन्छ र पुर्नकर्जा एक वा दुई वर्षमा तिर्नु पर्दा अप्ठ्यारो छ। अब यो विषय कुनसँग धेरै प्रभावित छ। त्यो क्षेत्रलाई हेरेर अलिकति अहिले उद्दार गर्ने समय हो। डिफरल भएर गर्न सकियो भने राम्रो हुनसक्छ जस्तो लाग्छ।

(खबरहबले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफलमा नबिल बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले राख्नुभएको धारणाको सम्पादित अंशः)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ५९ बजे

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने

भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ

रोशीले विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै

काभ्रेपलाञ्चोक– रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौं– ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान- घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको

मकवानपुरमा बाढीपहिरोबाट एक अर्ब ६९ लाख बढीको क्षति

बागमती– हालैको बाढीपहिरोले मकवानपुरमा एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक