भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री  « Khabarhub

भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री 


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गोरखा– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्त्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेको भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताए ।

उनले भने, सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ । जुन दिनसम्म सरकारमा रहन्छौँ सुशासनको अभियान रोकिँदैन ।’ 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १२ : ५८ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल