हाइटीमा झडप हुँदा २ प्रहरीसहित ३० जना मारिए « Khabarhub

हाइटीमा झडप हुँदा २ प्रहरीसहित ३० जना मारिए


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोर्टऔप्रिन्स- मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका क्षेत्रमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

उक्त क्षेत्र गिरोहहरूको लागि एक रणनीतिक क्षेत्र हो, जसले हाइटीको राजधानी पोर्टऔप्रिन्सको ८० प्रतिशत भूभागमा यिनै आपराधिक समूहको नियन्त्रण छ । फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टऔप्रिन्स निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन् । आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन् ।

पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् । विस्थापितमध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन्भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १ : २१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा