जहाज चार्टर्ड गरेर नेपाल आए ७ सय बङ्गलादेशी पर्यटक « Khabarhub

जहाज चार्टर्ड गरेर नेपाल आए ७ सय बङ्गलादेशी पर्यटक


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशबाट एकसाथ ७ सय पर्यटक नेपाल आएका छन् ।

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ ।

बङ्गलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका बङ्गलादेशी पर्यटकहरुले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ । नेपालबाट नजिकैको दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो संख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास पर्यटन बोर्डको छ ।

बङ्गलादेशमा रहेको माउन्टेन क्लब टुर्स एण्ड ट्राभल्सका प्रमुख रिजाउल हकिम सान्तुले बङ्गलादेश प्राकृतिक रुपमा सुन्दर रहेकाले भ्रमणका लागि नेपाल आएको बताए । चार रात पाँच दिन नेपालमा बिताउँदा पर्यटकहरु भक्तपुर, नगरकोट, धुलिखेललगायतका पर्वतीय क्षेत्रमा जाने र सम्मेलनको समेत आयोजना गरिएको उनले बताए ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बङ्गलादेशबाट करिब १३ हजार छ सय पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : ५० बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित