जहाज चार्टर्ड गरेर नेपाल आए ७ सय बङ्गलादेशी पर्यटक « Khabarhub

जहाज चार्टर्ड गरेर नेपाल आए ७ सय बङ्गलादेशी पर्यटक


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशबाट एकसाथ ७ सय पर्यटक नेपाल आएका छन् ।

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ ।

बङ्गलादेशको ढाकामा रहेको माउन्टेन क्लबमार्फत नेपाल आएका बङ्गलादेशी पर्यटकहरुले ऐतिहासिक सम्पदाको भ्रमण गर्ने तय भएको छ । नेपालबाट नजिकैको दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो संख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास पर्यटन बोर्डको छ ।

बङ्गलादेशमा रहेको माउन्टेन क्लब टुर्स एण्ड ट्राभल्सका प्रमुख रिजाउल हकिम सान्तुले बङ्गलादेश प्राकृतिक रुपमा सुन्दर रहेकाले भ्रमणका लागि नेपाल आएको बताए । चार रात पाँच दिन नेपालमा बिताउँदा पर्यटकहरु भक्तपुर, नगरकोट, धुलिखेललगायतका पर्वतीय क्षेत्रमा जाने र सम्मेलनको समेत आयोजना गरिएको उनले बताए ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा हालसम्म बङ्गलादेशबाट करिब १३ हजार छ सय पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  २ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै